बैशाख १४, २०८१ शुक्रबार

कनकाईमा प्रदेश स्तरिय भेट्रान कप फुटबल

सिएम शर्मा

कनकाई । झापाको कनकाई नगरपालिकामा पहिलो पटक १ नम्बर प्रदेशस्तरीय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।
कनकाई भेट्रान क्लबको प्रमुख आयोजनामा कनकाई नगरपालिका ३ कनकाई माविको खेलमैदानमा २०७८ बैशाख ४ गते देखि बैशाख ११ गतेसम्म प्रतियोगिता संचालन हुने भएको हो ।
प्रतियोगितामा प्रदेश नं. १ का तीन जिल्लाबाट ८ टिमको सहभागिता रहने छ । जसमा झापाबाट आयोजक कनकाई भेट्रान क्लब कनकाई , भद्रपुर भेट्रान क्लब, दमक लखनपुर भेट्रान क्लब , बिर्तामोड भेट्रान क्लब र दूधे भेट्रान क्लब प्रतियोगितामा सामेल हुनेछन् । यस्तै मोरङबाट विराट बुद्ध भेट्रान क्लब र सुनसरीबाट धरान भेट्रान क्लब र हाम्रो ईटहरी भेट्रान क्लबले सहभागिता जनाउने सुरुङ्गामा गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराउदै क्लबका अध्यक्ष राजेन्द्र खतिवडाले बताएका छन् ।

खेललाई सहजरुपमा सम्पन्न गर्न कनकाई उद्योग वाणिज्य संघ, कनकाई खेलकुद प्रतिष्ठान, सुरुङ्गा जेसिज, लायन्स क्लव अफ सुरुङ्गा, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, रोटरी क्लब अफ सुरुङ्गा, ज्ञानज्योति युवा क्लब, ह्वाईट वास क्रिकेट क्लव र सुरुङ्गा सहकार्य युवा क्लवलाई सह आयोजकको रुपमा समेट्दै प्रतियोगिता आयोजना गरिएको खेल प्रचार प्रसार समितिका संयोजक रमेश मैनालीले जानकारी गराएका छन् ।

प्रतियोगितामा विजयी टिमले १ लाख १ हजार नगद र उपविजेताले ६१ हजार नगद प्राप्त गर्ने छन् भने दुबै टिमले ट्रफी र प्रमाणपत्र पाउने छन् । मेन अफ दि सिरिजले नगद ५ हजार पाउने छन् भने यस्तै मेन अफ दि म्याचले २ हजार पाउने आयोजकले जनाकारी गराएको छ ।

प्रतियोगिता सम्पन्न गर्न लगभग ५ लाख ६ हजार खर्चको अनुमान गरिएको र कनकाई नगरपालिकाले खेलकुदका लागि आर्थिक बर्ष ०७७/ ७८ मा ५० लाख बजेट विनियोजन गरेपनि कनकाई भेट्रान क्लबले आयोजना गर्न लागेको प्रथम संस्करणको प्रतियोगितामा द्वितीय पुरस्कार ६१ हजारमात्र उपलब्ध गराउन लागेको आयोजक समितिले गुनासो गर्दै नगरलाई यसमा पुनर्बिचार गर्न समेत जोडदार माग गरेको छ । नगरमा रकम फ्रिज हुने सम्भावना हुँदाहँुदै पनि बाँकी रकम स्थानीय संघसंस्था , व्यवसायी र सहयोगीबाट सहयोग जुटाई खेल सम्पन्न गर्नु पर्ने अवस्था रहेको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाले बताएका छन् ।

यस्तै कल्वका सल्लाहकार ज्योतिकुमार उप्रेतीले जहासम्म नेपालमै भेट्रान हरुको प्रदेश स्तरिय प्रतियोगिता कनकाई भेट्रान कल्वले कनकनईमा आयोजना गरिरहदा नगरले भाग्यमानी ठान्दै कम्तिमा पनि ६० प्रतिशत आर्थिक भार व्यहोर्ने छ भन्ने लागेकोमा दोस्रो पुरस्कार रासिमात्र सहयोगको कुराले आयोजकलाई दुखित तुल्याएको प्रतिक्रिया दिदै यस बिषयमा कनकाई नगरपालिका र कनकाई नगर खेलकुद परिषदलाई ध्यानाकर्षण गराउदै गम्भीर बन्न अनुरोध समेत गरेका छन् ।

खेलमा भेट्रान ४० वर्ष नाघेकालाई मानिएता पनि ३ जना खेलाडि भने अनिवार्य रुपमा ४५ वर्ष नाघेका सुपर भेट्रान हुनुपर्ने र खेलाडी परिवर्तन हुँदा पनि जुन उमेर समुहको खेलाडी हो सोही खेलाडीलाई मात्र मैदान प्रवेश दिइने आयोजक समितिले नियम बनाएको छ । प्रतियोगितालाई आगामी बर्षमा पनि निरन्तरता दिदै जाने योजना रहेको भेट्रान अध्यक्ष खतिवडाले जानकारी गराएका छन् ।

आयोजकले प्रतियोगितालाई सफल सम्पन्न गर्न विभिन्न ९ वटा उपसमितिहरु समेत गठन गरि जिम्मेवारी समेत दिइएको छ । जसमा आर्थिक समितिमा तुलसी बिमली, प्रचारप्रसार समितिमा रमेश मैनाली, टीम व्यवस्थापन समितिमा दिलकुमार कार्की, खेलाडी व्यवस्थापन समितिमा नकुल देव आले मगर , मैदान व्यवस्थापन समितिमा कैलाश कार्की, अतिथि सत्कार समितिमा श्यामकुमार राई, मंच व्यवस्थापनमा रविन ढुंगाना र सांस्कृतिक उपसमितिमा रमेशकुमार कार्कीको संयोजकत्व रहेको छ ।

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ११ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]