जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडमा एमालेको वडा कमिटी गठन तीब्र

विर्तामोड – नेकपा एमाले विर्तामोडले नगर समितिको पूर्णतापछि वडा कमिटी गठनलाई तीब्रता दिएको छ । आजसम्ममा विर्तामोडका १० वटा वडामध्ये ७ वटामा वडा कमिटीले पूर्णता पाएको नगर सचिव सुवास भट्टराईले जानकारी दिनुभएको हो ।

उहाँले ९ नम्वरको कमिटीले बैशाख ६ गते पूर्णता पाउने र ७ तथा १० नम्वर वडा कमिटीले तत्काल पूर्णता पाउने बताउनुभयो ।

आज विर्तामोड नगरको वडा नम्वर १ मा कमिटी विस्तार तथा सपथ ग्रहण कार्यक्रम भएको छ । एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमबीच वडा कमिटीलाई पूर्णता प्रदान गरिएको हो । विर्तामोड १ को अध्यक्षमा त्रिलोचन प्रसाईं, सचिवमा प्रेमकुमार खरेल रहनु भएको छ । त्यस्तै सचिवालय सदस्यमा मनोहरि संग्रौला, अम्विका पोखरेल, कमलस्वरी राजवंशी, योगचन्द्र आङ्वुहाङ, दुर्गादेवी भट्टराई, टीकाप्रसाद मैनाली लगायत रहनु भएको छ ।

नयाँ नेतृत्वलाई पार्टी नेता तथा प्रदेश सांसद एकराज कार्की, प्रेमप्रकाश सिटौला, विर्तामोडका मेयर धु्रवकुमार शिवाकोटी, पार्टी नेता हरि ओझा, पार्टीका नगर अध्यक्ष उमानाथ ओली, विर्तामोड १ का अध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डे लगायतका वक्ताले बधाई तथा सफल कार्यकालको शुभकाना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]