बैशाख १३, २०८१ बिहीबार

वीमा गर्नेलाई सुविधा देऊ

सम्पादकीय

सरकारले गरिव विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । ३५ सय रुपैयाँ लिएर सरकारले १ लाख बराबरको उपचार दिंदैं आएको छ । सरकारले लक्षित गरिव विपन्नलाई गरे पनि यो सेवा सबै वर्ग समूहले लिइरहेको छ । सवै वर्ग समूहलाई स्वास्थ्य बीमा कार्यक्रममा सहमागी हुन छुट छ । अर्थात, हरेक नेपाली नागरिकले स्वास्थ्य बीमा मार्फत स्वास्थ्य सेवा लिन सक्नेछन् ।

भर्खरै विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले ३५ सय समेत बुझाउन नसक्ने विपन्न परिवारलाई बीमा गरिदिने घोषणा गरेका छन् । उनले १ सय परिवारलाई बीमा गरिदिने सार्वजनिक गरिसकेको छन् । सरकारले गरिव लक्षित कार्यक्रम ल्याएर हजारौं परिवारको स्वास्थ्य उपचारमा ठुलो योगदान गरिरहेको छ । त्यसमा सामाजिक व्यक्तित्वहरुले समेत बीमा गरिदिने कुराले उपचार नपाइरहेका परिवारहरु प्रभावित हुने छन् ।

झापामा अन्य जिल्लामा भन्दा धेरै बीमा गर्नेहरु छन् । देशभर ३७ लाख ८४ हजार ७ सय ६३ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यसमध्ये झापामा ४ लाख ४७ हजार १२ जनाले बीमा गरेर उपचार सेवा लिइरहेका छन् । धेरै बीमा गर्ने जिल्लामा झापापछि चितवन, सुनसरी र मोरङ रहेको तथ्याङक छ । बीमा गर्नेहरु बढ्दै गए पनि उपचार सेवा भने सन्तोषजनक छैन । अस्पतालहरुमा असाध्यै धेरै भीडभाड हुन्छ । बीमाको उपचारमा जानेले अनिवार्य लाइन बस्नैपर्छ । बीमितहरुले स्वास्थ्य सेवा लिन निकै कष्ट हुन्छ । यसैले सरकारले बीमितहरुलाई प्राथमिकतामा राखेर उपचार सेवा प्रदान गर्नुपर्छ । उनीहरुलाई आवश्यक सुविधा दिनैपर्छ ।

प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]