बैशाख २४, २०८१ सोमबार

देशभरको तापक्रम बढ्यो

विर्तामोड । देशभरको तापक्रम ह्वात्तै बढेको छ । बुधबारदेखि देशभरको तापक्रम बढेको हो । तापक्रमको वृद्धि भएसँगै आमनागरिकले गर्मीको महसुस गर्न थालेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टाभित्र देशका अधिकांश भूभागको अधिकतम तापक्रममा वृद्धि भएको हो ।

जसअनुसार नेपालगञ्जमा सबैभन्दा बढी ४० डिग्री सेन्टिग्रेड तापक्रम पुगेको छ ।
त्यस्तै भैरहवाको तापक्रम ३९ डिग्री पुगेको छ । सिमराको ३८.२ डिग्री, जनकपुरको ३७.५, वीरेन्द्रनगरको ३६.४, विराटनगरको ३४.७, धनकुटाको ३१ र काठमाडौँको ३० डिग्री सेन्टिग्रेड तापक्रम रहेको छ ।

प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार  ११ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]