जेष्ठ ६, २०८१ आईतबार

अनुदानमा चिलिङभ्याट पाएपछि दुध विग्रिने चिन्ता छैन : अधिकारी

माधव राज अधिकारी

बिर्तामोड नगरपालिकाले दुध किसान र दुग्धजन्य वस्तु उत्पादकहरुलाई चिलिङ भ्याट वितरण गरेको छ । दुधलाई लामो समयसम्म राखेर प्रयोग गर्न मिल्ने मेसिन उपलब्ध गराएपछि दुग्न किसान र व्यवसायीहरु ढुक्क छन् ।

बिर्तामोड – ४ मा रहेको तपस्या कुल्फी तथा आइक्रिम उद्योगलाई नगरपालिकाले चिलिङ भ्याट ५० प्रतिशत साझेदारीमा उपलब्ध गराएको छ । उद्योगका सञ्चालक माधवराज अधिकारीले नगरपालिकाले चिलिङ भ्याट उपलब्ध गराएपछि खुद्रा दुध खरिद गर्नुपर्ने बाध्यता हटेको छ । उनका अनुसार विगतमा दुध विग्रिएर धेरै नोक्सान हुने गरेको थियो । अहिले ५ सय लिटर दुध ढुक्कले राख्न सकिन्छ । आवश्यकताको आधारमा प्रयोग गर्ने भएकाले उत्पादनमा समेत सहयोग पुगिरहेको छ । धेरै दुध राख्न सक्ने भएपछि उत्पादन पनि सोही अनुसार गर्न सकिएको छ ।

आइसक्रिमका सञ्चालक अधिकारीले नगरपालिकाको ससानो सहयोगले ठुलो राहत पुग्ने बताए । उनले आगामी दिनमा उद्योग सञ्चालकहरुलाई प्राविधिक ज्ञान दिन तालिमहरु सञ्चालन गर्नुपर्ने बताएका छन् । केहि स्किमहरु दिएर स्थानीय उद्योगहरुलाई स्थानीय तहले ठुलो मद्दत गर्न सक्ने उनको बुझाई छ ।

अहिले आइसक्रिमलाई टाढासम्म लगेर विक्रि गर्न गाह्रो भइरहेको छ । एसी गाडि नहुँदा बजार विस्तारमा समस्या भइरहेकोले स्थानीय तहले लागत सहभागितामा भए पनि त्यस प्रकारको सहयोग गर्नुपर्ने उनको माग छ । गाडि भाडामा लिएर उद्योग चलाइरहेको अवस्था छ, आफ्नै गाडि हुने हो भने उत्पादन वृद्धिसँगै व्यापार विस्तार हुने थियो । नगरले उनलाई एक वर्षअघि चिलिङ भ्याट उपलब्ध गराएको हो ।

यस्तै, नगरपालिकाले दुग्ध संकलन केन्द्रहरुमा पनि चिलिङ भ्याट उपलब्ध गराएको छ । किसानले दुध दिने संकलन केन्द्रहरुमा दुध नविग्रियोस् भन्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको पशु तथा मत्स्य विकास शाखाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०८१ सोमबार  १२ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]