बैशाख २५, २०८१ मंगलबार

‘इजलास सधैं खरो उत्रिन्छ’

विर्तामोड । इजलास दैनिकको पाँचौं वार्षिकोत्सवमा सहभागी अतिथीहरुले इजलास समाजको ऐना बन्दै गएको बताएका छन् । स्थापनाको छोटो समयमा इजलासले आफुलाई अब्बल मिडिया हाउसको रुपमा प्रस्तुत गरेको उनीहरुको भनाई थियो ।

शुक्रवार विर्तामोडस्थित हेवन वाटर पार्कमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले इजलासले मिडिया हाउसको रुपमा पुरा गर्नुपर्ने भूमिका निर्वाह गरेको बताएका छन् । उनले मिडियाको भूमिकाले नै समाजलाई सहि बाटोमा हिडाउने बताए । मिडियाको भूमिका राम्रो भए मात्रै समाज पनि राम्रो हुने उनको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथी विर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटीले इजलासको पत्रकारिताको प्रशंसा गरेका छन् । उनले स्थानीय तहलाई इजलासले अझै धेरै खवरदारी गर्न बाँकी रहेको बताएका छन् । नगर प्रमुख शिवाकोटीले राम्रो समाज निर्माण गर्न मिडिया क्षेत्रको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । इजलासले राजनीतिक आधारमा कसैलाई पक्षपात नगरोस्, शिवाकोटीले भने, – सहि नेता बनाउने हो भने पत्रकारकै भूमिका सहि हुनुपर्छ ।

प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले सानो लगानीमा शुरु गरिएको इजलासले समाजमा आफ्नो भूमिकालाई बलियो रुपमा प्रस्तुत गरेको बताए । उनले इजलास समाजको साझा मिडियाको रुपमा स्थापित हुँदै गएको बताएका छन् । उनले इजलासलाई कमजोरी सच्याउदै अघि बढ्न सूझाव दिदैं समाजलाई सहि बाटोमा डोहो¥याउन आग्रह गरेका छन् । उन्नत समाजको निर्माणका लागि रेडियो, टिभि र पत्रिकाकै भूमिका अग्रभागमा हुने पोखरेलको भनाई छ ।
एमाले नेता शिव ढुङगेलले सञ्चार क्षेत्र संवेदनशिल भएको बताएका छन् । उनले इजलासले समाजमा संवेदनशिल भएर ‘वाच डग’ को रुपमा काम गरिहरेको बताए । ढुङ्गेलले इजलासले परिवर्तनको आन्दोलनमा योगदान गरिरहेको चर्चा गरेका छन् ।

यस्तै, झापाका अग्रज पत्रकार मोहनकाजीले झापामा इजलासले कान्छो अखवार भएर पनि अब्बल क्षमता देखाइरहेको बताएका छन् । उनले इजलास सधैं खरो उत्रिदैं आएको बताए । मोहनकाजीले भने, इजलास सधैं खरो उत्रिन्छ, सत्यसँग खरो उत्रिदैं जाओस् । मोहनकाजीका अनुसार मिडिया सम्पादकको ऐना नभई , समाजको ऐना हुनुपर्छ ।

विर्तामोड वाणिज्य संघका महासचिव अर्जुन मैनालीले झापामा इजलासले आफुलाई विश्वासिलो सञ्चार माध्यमका रुपमा विकास गरिरहेको बताएका छन् । उनले आधिकारिकताका लागि इजलास नै हेर्नुपर्ने परिस्थिति विकास हुँदै गएको धारणा राखे ।

यस्तै, नेपाल अलंैची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले हिम्मतका साथ समाचार लेख्ने सञ्चार माध्यमका रुपमा इजलासलाई बुझेको बताएका छन् । उनले गतल कुराहरुलाई छिटो बाहिर ल्याउने मिडियाको पहिचान इजलासले बनाउदै गएको भन्दै सत्य समाचार बाहिर ल्याउन कहिले पनि पछि नहट्न आग्रह गरेका छन् । सबै विषयहरुलाई इजलासले विभिन्न कोणबाट प्रस्तुत गर्दै आएको भट्टराईको भनाई छ ।

विर्तामोड रेडक्रसका अध्यक्ष सजेश शिवाकोटीले इजलासको पत्रकारिता अन्य मिडियाको भन्दा तीब्र गतिमा रहेको बताएका छन् । उनले समाचार पस्कने सवालमा इजलास छिटो देखिएको बताए । शिवाकोटीले सधैं गलत कुराहरुलाई बाहिर ल्याउन इजलासको भूमिका प्रभावकारी देखिनुपर्ने शुभकामना दिएका छन् ।

टाइम्स मिडिया नेटवर्कका अध्यक्ष नारायण प्रसाद पोखरेलको अध्यक्षमा भएको कार्यक्रममा सञ्चालक सदस्य त्रिलोचन सापकोटा लगायतले मन्तब्य राखेका थिए । इजलासका सम्पादक प्रदीप परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रणित पुडासैनीले गरेका थिए ।

प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]