चैत्र १६, २०८० शुक्रबार

समुन्नतद्वारा स्वरोजगार कोषको रकम हस्तान्तरण

विर्तामोड । समुन्नत बचत तथा ऋण सहकारी संस्था विर्तामोडले १५ जना किसानलाई स्वरोजगार कोषको रकम वितरण गरेको छ । शनिवार स्वरोजगार कोषको अभिमुखिकरण समेत आयोजना गरेर सहकारीले सोहि अवसरमा चेक हस्तान्तरण गरेको छ ।

विर्तामोड–५ मा रहेको सहकारीले भोजराज अधिकारी, हरि बहादुर कार्की, हेम प्रकाश नेपाल, सुजन रोक्का, भवानी अधिकारी, टिका उप्रेती, युवराज सुवेदी, शारदा देवी विमली र पुष्पलाल चापाईलाई १ लाख १५ हजारको चेक हस्तान्तरण गरेको छ । यस्तै, जानुका पोखरेललाई १ लाख ६० हजार, कृष्ण शर्मा दवाडीलाई १ लाख ९० हजार र रोशन कुमार कार्की, केदार गुँरागाई, नरमाया योङ्या, दिनबन्धु पोखरेलले २÷२ लाखको चेक हस्तान्तरण गरिएको हो ।

किसान र साना व्यवसायीका लागि सहकारीले बिऊ पुँजीका रुपमा सो रकम प्रदान गरेको सहकारीका अध्यक्ष कमल पौडेलले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी वडा नं. ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले उदेश्यभन्दा बाहिर गएर कर्जा लगानी नगर्न आग्रह गरेका छन् । उनले सरकारले स्वरोजगार बनाउन उक्त कार्यक्रम सञ्चालन गरिहरेको जानकारी दिए ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा स्वरोजगार कोषका जिल्ला प्रतिनिधि सन्तोष सापकोटा, कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेल लगायतले शुभकामना दिदंै कर्जा पाउनेहरुले सहि सदुपयोग गरेर स्वरोजगार बन्नुपर्ने धारणा राखेका छन् । चेक हस्तान्तरणपछि लाभान्वितहरुलाई कोषका प्रतिनिधिले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]