बैशाख ७, २०८१ शुक्रबार

विर्तामोडको पार्किङ व्यवस्थित गर

सम्पादकीय

झापाको विर्तामोडमा सवारी पार्किङ असाध्यै अव्यवस्थित छ । यहाँका लागि यो पुरानै समस्या पनि हो । स्थानीय तह बनेपछि पार्किङलाई व्यवस्थित गरिनेछ भन्ने जनप्रतिनिधिको बोली अहिले कथा जस्तै भएको छ । जनप्रतिनिधिले लगभग यस मुद्धालाई भुलिसकेको हुनुपर्छ । बढ्दो बजारका कारण यहाँ सवारीको चाप धेरै छ । व्यवसायी रुपमा घर निर्माण नगर्ने तर अधिकांशले व्यापार व्यवसायका लागि घर भाडामा लगाउने हुँदा पनि पार्किङको जटिलता थपिएको छ । यहाँको पार्किङलाई व्यवस्थित गर्न स्थानीय तह, घरधनी र व्यवसायी बिचमा जिम्मेवारीको खाँचो छ ।

अहिले विर्तामोडको चारै भागमा पार्किङकको समस्या छ । मुख्य सडकमा जथाभावी सवारी रोकेर राख्दा समस्या बढ्दै गइरहेको छ । खासगरी बजार क्षेत्रमा हुने सवारी चापलाई व्यवस्थापन गर्ने हो भने बजार क्षेत्र निकै खुल्ला र आवतजावतमा सहज हुने थियो । विर्तामोडको भद्रपुर रोड भर्खर निर्माण सकिएको छ । निर्माण पक्षले सरकार पक्षलाई हस्तान्तरण गरिसकेको छैन । चार लेनको सो सडकमा दुई लेन पार्किङले नै ढाकेको छ । यदि यसैगरी पार्किङ गरिरहने हो भने सडक फराकिलो बनाउनुको अर्थ रहदैन ।

विर्तामोडमा अत्यावश्यक मानिएको पार्किङको व्यवस्थापनमा कोहि पनि लागेको पाइदैन । विर्तामोड व्यापारीक हव भएका कारण व्यवसायिक संघ–संस्था, स्थानीय सरकारले साझेदारीमा भए पनि पार्किङको व्यवस्थापन गर्नैपर्छ । पार्किङको सवाल उठाउँदा ठाउँ पाइएन, यो पाइएन त्यो पाइएन भन्ने गरेको सुनिन्छ । नेतृत्वमा रहने यस्तो जवाफ दिन मिल्दैन । कसरी हुन्छ , व्यवस्थापन गर्नैपर्छ । यहाँ पार्किङ व्यवस्थापन गर्न हरेक घरधनीलाई सचेत गराउनुपर्छ । व्यवसायीले घर भाडामा लिँदा अनिवार्य पार्किङको सर्त राख्नैपर्छ । नत्र, बजार कुरुप हुनेछ । सडक पनि आधा मात्र प्रयोग गर्न पाइनेछ । चाँडो विवेक पुर्याऊ ।

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]