बैशाख १२, २०८१ बुधबार

कनकाई भेट्रान कपः टाइब्रेकरमा इटहरी भाग्यमानी

सुरुङ्गा । टाइब्रेकरमा जीत निकाल्दै विराटनगरको विराट बुद्ध भेट्रान एफसी झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा सोमबार भएको खेलमा विराटनगरले धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश पाएको हो । निर्धारित समयमा दुवै टोलीले समान १–१ गोलको बराबरी गरेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा विराटनगर भाग्यमानी सावित भयो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको गोल भने दोस्रो हाफमा सम्भव भएको हो । धरानका लागि खेलको ५२औँ मिनेटमा शिवकुमार राईले गोल गरेर अग्रता दिलाएका थिए । तर, त्यो अग्रता २ मिनेट पनि बचाउन नसक्दा विराटनगर खेलमा फर्कियो । विराटनगरका लागि ५४औँ मिनेटमा रुद्रबहादुर खड्काले गोल गरे ।

खेलको म्यान अफ दी म्याच विराटनगरका सन्तोष बस्नेत घोषित भए । ५२ वर्षीय उनले निर्धारित समयको खेल पूरै खेलेका थिए । उनलाई कनकाई केमिकल एन्ड प्याकेजिङका केशव मैनालीले नगद २ हजार प्रदान गरे ।

कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । मंगलबार दमक लखनपुर भ भेट्रान एफसी र दूधे भेट्रान क्लब सताक्षीधामबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]