बैशाख ८, २०८१ शनिबार

ओली – नेपालबिचको वार्ता सकारात्मक

काठमाडौं । संवादहीनता तोड्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेट भएको छ । दुई नेताबीच नागपोखरीस्थित होटल मेरियटमा झण्डै दुई घण्टाको वार्ता सकिएको छ ।

वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताए । नेता नेपालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दुई नेताबीच भेट भएको थिएन । विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापनादेखि एकीकृत नेकपा भंग हुँदै एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि अध्यक्ष ओली र नेता नेपालबीच सम्बन्ध सुमधुर हुन सकेको थिएन ।

नेपालसहित उहाँको समूहका २७ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेपछि एमालेको दुवै पक्षमाथि मिल्न दबाब परेको थियो । साँझ करिब ६ बजेदेखि दुई शीर्ष नेताबीच मेरियट होटलको कोठा नम्बर ९०१ मा भेट भएको हो । भेटमा पार्टी विवाद निरुपण गर्दै नयाँ समझदारी निर्माण गर्नेबारे छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]