जेष्ठ ५, २०८१ शनिबार

गलबन्दीका गायकलाई बिर्तामोडमा सम्मान , बेलुका गलबन्दी दोहोरी नाइट

बिर्तामोड । चर्चित लोक गायक प्रकाश सपूत र शान्तिश्री परियारलाई झापाको बिर्तामोडमा सम्मान गरिएको छ ।

बिश्वकर्मा एकता समाज,नेपाल झापा जिल्ला कार्यसमितिले दुई लोक गायकलाई सम्मान गरेको हो । लोक गायन क्षेत्रमा चर्चा कमाईरहेका प्रकाश सपूत र शान्तिश्री परियारले नेपाली गित संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको एकता समाजका सचिव मनि शंकरले जानकारी दिए । उनीहरुको पछिल्लो लोक गित गलबन्दी चर्चाको शिखरमा छ ।

शिखर बजार बिर्तामोडले आयोजना गरेको गलबन्दी दोहोरी नाइट्मा सहभागी हुन उनीहरु झापाको बिर्तामोड आएका हुन् । गलबन्दी दोहोरी नाइट आज बेलुका बिर्तामोडको सिटी प्यालेसमा साझ ६ बजेदेखी हुदैछ ।

प्रकाशित मिति : असार २८, २०७६ शनिबार  ३ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]