बैशाख १३, २०८१ बिहीबार

बैशाख मसान्तसम्म अर्जुनधाराको सेवा स्थगित

विर्तामोड । अर्जुनधारा नगरपालिकाले अत्यावश्यक बोहकका सेवा स्थगित गरेको छ । बैशाख मसान्तसम्मका लागि सेवा स्थगित गरिएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण थप बढ्दै गएकाले सो निर्णय गरिएको हो ।

कार्यालय सञ्चालनका कारण संक्रमण फैलिने खतरा भएपछि नगर कार्यालय सहित वडाहरुको समेत सेवा स्थगित गरिएको छ । नगरले अस्पतालको हकमा ओपीडी बाहेकका सबै स्वास्थ्य सेवा प्रदान गरिने जनाएको छ । यस्तै, एम्बुलेन्स, दमकल र फोहोर व्यवस्थापनको काम नियमित सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार  ११ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]