बैशाख ७, २०८१ शुक्रबार

जिल्ला विपद् व्यवस्थापन समिति झापाको अनुरोध

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काई नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ ।

मध्यान्न पछी वहाव सर्तकता तह पार हुन सक्ने सम्भावना समेत रहेकाले उक्त नदि किनार आसपास तथा जिल्लामा रहेका अन्य नदी, खोला किनार, विगतमा बाढी पसी रहने तथा डुवान प्रभावित क्षेत्रहरुमा बसोबास गर्नुहुने सर्वसाधारण महानुभावहरुमा उच्च सर्तकता सहित सुरक्षित तवरले रहनुहुन अपिल गरिन्छ ।


साथै विपद् व्यवस्थापनमा क्रियाशिल सरोकारवाला सुरक्षा निकाय तथा स्थानीय तहहरु एवम् विपद् क्लस्टरमा रहेका अन्य सबै निकायहरु एक आपसी समन्वयमा रही मानवीय सेवा तथा राहत कार्यका लागि चौबिसै घण्टा तयारी हालतमा बस्न हुन अनुरोध छ ।

प्रकाशित मिति : असार २८, २०७६ शनिबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]