बैशाख १३, २०८१ बिहीबार

जनताको अभिमतमाथि गद्दारी नगर्न सांसद् खरेललाई चेतावनी

विर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले झापा २ कि सांसद पवित्रा खरेललाई राजीनामाको खेलमा लागेर जनताको अभिमतलाई अपमान नगर्न आग्रह गरेका छन् । खरेलले माधव समूहमा लागेर सांसदबाट राजीनामा दिने तयारी गरेपछि जिल्लामा व्यापक आलोचना भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन तयारी गर्ने खरेल झापाको एक मात्र सांसद हुन् । अन्य क्षेत्रका सांसद् राजीनामाको विपक्षमा देखिएका छन् । खरेलले राजीनामा दिन काठमाडौं गएको चर्चासँगै जिल्ला अध्यक्ष पाठकले एमालेलाई मजबुत बनाउन सुर्य चिन्हमा मतदान गरेको कुरालाई स्मरण गर्न आग्रह गरेका छन् । उनले मतदाताको मतको सदुपयोग गर्न आग्रह गर्दै ८६ नंं. को उपनामलाई सच्याउन अन्तिम अवसर प्राप्त भएको सामाजिक सञ्जालमा लेखेका छन् ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सक्रिय रुपमा लागेकी सांसद् खरेललाई उनै आलीले टिकट दिएर सांसद् बनाएका थिए । सांसद्सँगै ओलीले अन्तराष्ट्रि सम्बन्ध समितिको सभापति समेत बनाए ।

सामान्य कार्यकर्ताको रुपमा जिल्लामा राजनीतिक गतिविधिमा सक्रिय खरेललाई ओलीले सिनियर नेताहरुलाई समेत वाइपास गर्दै टिकट दिएका थिए । प्रधानमन्त्री ओलीकै सदासहायताले केन्द्रमा फड्को मारेकी खरेल अहिले ओली विरुद्ध गतिविधिमा सक्रिय रुपमा लागेको आक्षेप लागेको छ ।

राजीनामा नदिए पनि आफै फिर्ता बोलाउने तयारीमा रहेको उनका मतदाताले आक्रोस पोखेका छन् । झापा निर्वाचन क्षेत्र २ बाट निर्वाचित खरेलले देखिने गरिका कुनै पनि विकासका काम समेत नगरेको आरोप छ । उनले केन्द्र सरकारका कार्यक्रम बाहेक कुनै काम नगरेको यहाँका मतदाता बताउँछन् । धेरैले ओली विरुद्ध गतिविधि गरेपछि खरेललाई आगामी दिनमा मत नदिने सार्वजनिक रुपमै अभिव्यक्ति दिइरहेका छन् ।

विर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले पार्टी फुट र विभाजनमा खरेलको भूमिकाले उनलाई अयोग्य नेता सावित गरेको प्रतिक्रिया दिएका छन् । उनले खरेललाई विपक्षी उम्मेद्वारको मतभन्दा दोब्बर मत दिएर जिताएर ठुलो गल्ती गरेको बताए । प्रधानमन्त्री ओलीकै कारण महत्वपूर्ण जिम्मेवारी समेत पाएकी उनले इतिहासमा क्षमायोग्य काम नगरेको संग्रौलाको दावी छ । संग्रौलाले भने, खरेललाई योग्यताभन्दा धेरै जिम्मेवारी दिएका कारण अहिलेको परिस्थिति निर्माण भएको हो । आफ्नो राजनीति नै सिध्याउने खेलमा लागेर सांसद खरेलले जीवनकै ठुलो गल्ती गरिरहेको उनको भनाई छ । झापामा आफ्नो निर्वाचन क्षेत्रमा समेत विकास निर्माणका काम गर्न नसकेको उनको दावी छ । संगौला भन्छन्, विकास त गर्नु भएन नै, उहाँको राजनीति समेत सकियो ।

विर्तामोडका मतदाता देवराज कार्कीले खरेललाई असल नेताको संज्ञा दिदैं मतदाताको अपमान नगर्न आग्रह गरेका छन् । यस्तै, माओवादी केन्द्र विर्तामोडका नेता युवराज दाहालले ओली विरुद्ध लाग्न उक्साउदै सामाजिक सञ्जालमा लेखेका छन्, भत्काइदिनुस् षडयन्त्रका चक्रव्युहरु ।

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]