चैत्र १५, २०८० बिहीबार

फुलबारीमा प्रहरी र स्थानीयविच विवाद

विर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–५ फुलबारीमा प्रहरी र स्थानीयबिच विवाद भएको छ । प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने अटो चालकलाई रोक्न लगाएपछि विवाद भएको बुझिएको छ ।

साँझ ६ बजे निषेधाज्ञा उल्लंघन गर्दै चलाएको अटो नराकेपछि प्रहरीले कुटपिट गरेको स्थानीयको आरोप छ । कुटपिटबाट अटो चालक टोफिक आलम सामान्य घाइते भएका छन् । सो अटोमा विरामी लिएर फर्किएको बताइएको छ । विवादका कारण अहिले फुलबारी चौकीमा स्थानीयको ठुलो जमघट भएको छ ।

प्रहरीले निषेधाज्ञा पालना गर्न आग्रह गर्दा अटेरी गरेपछि विवाद भएको थियो । विवाद बढ्दै गएपछि इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सन्तोष आचार्य घटनास्थल पुगेका छन् । डिएसपी आचार्यले निषेधाज्ञा पालना गर्न आग्रह गर्दा विवाद भएको जानकारी दिए । उनले भने, अहिले छफफल चलिरहेको छ ।

प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]