चैत्र १६, २०८० शुक्रबार

जसपा बैकल्पिक सरकार गठनको विपक्षमा : ठाकुर

कठमाडौं । जनता समाजवादी पार्टी नेपाल कुनै पनि बैकल्पिक सकार निर्माणमा नलाग्ने भएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती एक विज्ञप्ति प्रकाशित गरी केपी ओली नेतृत्वका सरकारसँग आफ्नो पार्टीले उठाएका मागका बारेमा वर्ता तथा तदअनुसारका कार्य प्रगति सकारात्मक रुपमा बढेको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै अहिले सात्ता प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुन र त्यसको सम्बोधन नै जसपाको मुख्य ध्येय रहेको उल्लेख गर्दै वैकल्पिक सरकार गठन गर्नु जसपाको उद्देश्य विपरित भएको पनि विज्ञप्ति उल्लेख गरिएको छ ।

 ठाकुरले वर्तमान राजनीतिक परिस्थितीमा सत्ता प्राप्तिको विषयमा आफूहरुको ध्यान नभएको बताउनुभएको छ ।विज्ञप्तिमा अध्यक्ष ठाकुरले अहिले जसपा सरकार गठबन्धनभन्दा पनि पार्टीले अघि सार्दै आएको एजेन्डा र मुद्दा सम्बोधनमै केन्द्रीत रहेको जानकारी दिनुभएको हो ।

उहाँले यी विभिन्न मुद्दाबाट विचलित भई कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य पार्टीको उद्देश्य विपरीत् र मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकूल रहने ठकर गर्नुभएको छ । यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्इक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाकै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहितका नेताले राष्ट्रपतिलाई छिटोभन्दा छिटो नयाँ सरकार गठनका लागि आव्हान गर्नु भएकाे थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पनि संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधित्व सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई  देशको प्रधानमन्त्रीक पदमा नियुक्ति गरिने प्रयोजनका लागि राष्ट्रपति समक्ष आफ््नो दाबी पेश गर्न आव्हान गरिसकिएको छ ।

प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]