बैशाख १४, २०८१ शुक्रबार

झापामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने

बिर्तामोड । कोभिडको पहिलो चरणमा पीसीआर ल्याव स्थापनादेखि गरिव विपन्नलाई खाद्य सहयोग गर्ने एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ । दोस्रो लहरमा अक्सिजनको आवश्यकता धेरै भएकाले अक्सिजन बैंक स्थापना गर्न लागेको अभियानका संयोजक महेन्द्र कुमार गिरीले जानकारी दिए ।

कोभिड संक्रमितको उपचारमा अक्सिजनको माग बढ्दै गएपछि एकका लागि एकले सो अभियान शुरु गर्न लागेको हो । नेपालमा अक्सिजन उत्पादन भए पनि सिलिण्डरको अभाव धेरै छ । अभियानका संयोजक गिरीका अनुसार पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद गरिने छ ।

जिल्लाका तीन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण धमाधम भइरहेको छ । सो अस्पतालहरुलाई समेत सिलिण्डरको अभाव भइरहेको बताइएको छ । अक्सिजन बैंक स्थापना गर्न चीनबाट सिलिण्डिर आयात गर्ने तयारी भएको गिरीले जानकारी दिए । चार सय सिलिन्डर आयात गर्न करिव ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सहारा नेपालको टिमले १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ ।

सो अभियानमा ‘एक व्यक्ति एक सिलिन्डर’ अभियान सुरु गरिने भएको छ । आवश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय झापाली समाज, वित्तीय संस्थाहरुले चासो देखाएको बिनोद बस्नेतले जानकारी दिए । प्राप्त सूचना अनुसार झापा जिल्ला सहकारी संघको पहलमा एक्सरे मेसिन सञ्चालनमा ल्याइने भएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]