बैशाख १४, २०८१ शुक्रबार

झापाका आठ अस्पतालमा तोकिए कोभिड फोकल पर्सन

विर्तामोड । झापाका आठ वटा अस्पतालमा कोभिड फोकल पर्सन तोकिएका छन् । कोभिडको उपचार समन्वय र अस्पतालमा आवश्यक सहजीकरणका लागि फोकल पर्सन तोकिएका हुन् ।
झापाको मेची अस्पताल दुई जनालाई फोकल पर्सनको जिम्मेवारी दिएको छ । डा.मनिष सुवेदी, मनोज पोखरेलले उक्त जिम्मेवारी पाएका हुन् ।

यस्तै, दमक कोभिड अस्पतालले देवी दंगाल, विएण्डसी अस्पतालमा प्रमिश गिरी , विर्ता सिटी विर्तामोडमा राधा सेठी, आम्दा दमकमा डा. प्रकाश शर्मा, सुमन कुमार नेपाल, एड्भान्स हस्पिटल दमकमा अनिता उप्रेती, लाइफलाइन अस्पताल दमकमा डम्बर मोते र निम्स अस्पताल दमकले डा.सुरेश यादवलाई कोभिड फोकल पर्सन तोकेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]