जेष्ठ २, २०८१ बुधबार

मंगलवारसम्मको मौसम सम्बन्धी जानकारी

असार ३० गते (सोमबार)

दिउँसो: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि  मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। 

 राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।  

 असार ३१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। 

 राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू-भागको एक – दुई स्थानहरूमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ।  । यसको कारणले गर्दा पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानिको वहाव रहि रहन्छ। अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ। माैसम पूर्वानुमान बुलेटिन

प्रकाशित मिति : असार २९, २०७६ आईतबार  ४ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]