बैशाख २१, २०८१ शुक्रबार

धमाधम जुट्न थाल्यो एमालेले नगर अस्पताललाई दिने अक्सिजन सिलिण्डर

विर्तामोड । विर्तामोड नगर अस्पतालका लागि धमाधम अक्सिजन सिलिण्डर सहयोग प्राप्त हुन थालेको छ । नेकपा एमाले विर्तामोड नगर कमिटीले नगर अस्पतालका लागि ५० वटा अक्सिजन सिलिण्डर सहयोग हस्तान्तरण गर्ने घोषणा गरेको थियो । सोहि घोषणालाई सहयोग गर्न दाताहरुले धमाधम सिलिण्डर खरिदका लागि आर्थिक सहयोग गर्न थालेका छन् ।

अभियान सञ्चालनको दुई दिनमा १४ वटा सिलिण्डर प्राप्त भएको एमाले विर्तामोडका सचिव सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार नगरका सवै वडा कमिटीले ३ देखि १० थानसम्म सिलिण्डर खरिदका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

नगर सचिव भट्टराईका अनुसार विर्तामोडका व्यवसायी एवम् विर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, विर्तामोड –२ का जप्रतिनिधि, एक्सपर्ट एजुकेशनका सञ्चालक ख्याम संगा्रैला, कल्पना संगौला, नवनियुक्त म्यानमारका राजदुत नारायण प्रसाद संग्रौला, मेयर धु्रव कुमार शिवाकोटी, विधा शिवाकोटी, हाल बंगलादेश निवासी उमेश, राधा कट्टेल, प्रदेश सांसद एकराज कार्की, टाइम्स मिडियाका अध्यक्ष नारायण पोखरेलले १-१ थान सिलिण्डर, चन्द्र पकुवाल, अविरल कृष्ण खरेल, केशव कार्की, बद्री प्याकुरेल लगायत ७ नं. वडा कमिटीको तर्फबाट तीन वटा सिलिण्डर खरिदका लागि सहयोगको घोषणा गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ३, २०७८ सोमबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]