बैशाख २१, २०८१ शुक्रबार

विर्तामोड वाणिज्य संघको पहलमा एकका लागि एक अभियानलाई ४० वटा सिलिण्डर सहयोग

विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको संयोजनमा एकका लागि एक अभियानलाई ४० वटा अक्सिजन सिलिण्डर खरिदका लागि ६ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । अभियानको टोलीलाई वाणिज्य संघकै कार्यालयमा उक्त रकम हस्तान्तरण गरिएको संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।

हङकङ बस्दै आएका विर्तामोवासीका तर्फबाट १० थान, सौर्य वत्ती जडान उपभोक्ता समिति विर्तामोडबाट ३ थान , स्वर्गीय पर्शुराम सिटौलाको स्मृतिमा उनको परिवारको तर्फबाट ३ थान, छठ समाज सेवा समिति विर्तामोडबाट ५ थान, लोकप्रसाद चापागाई, मुनादेवी कुइकेल १ थान, प्रल्हाद शिवाकोटी १ थान, धर्मराज माझी १० थान, क्रिएटीभ इन्टरनेशनल एकाडेमी १ थान, बुद्धि घिमिरे ४ थान, लायन्स क्लव अफ अनारमनी ५ थान, विर्तामोड उधोग वाणिज्य संघ ५ थान, विनय डाँगी १ थान र पदमलाल भट्टराईले १ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।

एक सिलिण्डर बराबर १५ हजारका दरले आर्थिक सहयोग गरिएको महासचिव मैनालीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३, २०७८ सोमबार  २ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]