बैशाख १४, २०८१ शुक्रबार

अतिविपन्न संक्रमित परिवारलाई हल्दिवारीले राहत दिने

विर्तामोड । हल्दीबारी गाउँपालिकाले संक्रमित गरिव विपन्न परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । कार्यपालिकाको नियमित मासिक बैठकले आज सो निर्णय गरेको हो ।
बैठकले पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण, उपचार र नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट जारी आदेशलाई कडाइका साथ कार्यान्वयन गर्ने र सो को लागि स्थानीय प्रहरीहरुसँग समन्वय गरि सम्बन्धित वडाका सबै जनप्रतिनिधिहरु परिचालित भई लकडाउनको परिपालना गराउने र नियमित रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको छ ।

संक्रमितहरुलाई स्थानीय सरकारको प्रत्याभूति गराउन र हौसला प्रदान गर्नका लागि पोसिलो खानेकुराहरु सहितको प्याकेज संक्रमित व्यक्तिलाई हस्तान्तरण गर्ने, कोरोना भाइरसको संक्रमण पुष्टि भएका दैनिक ज्यालादारी गर्ने गरिव, विपन्न घरपरिवारलाई संक्रमण अवधिभर खाद्यान्न लगायतका राहत सामग्रीहरु वितरण गर्ने, पिसिआर- एन्टीजिन परिक्षणको दायरालाई बढाउँदै लैजाने, हल्दीबारी गाउँपालिका वडा न. २ मा रहेको नयाँ स्वास्थ्य चौकी भवनमा अक्सिजन र अन्य उपकरणहरु सहित १०० बेडको आइसोलेशन सेन्टर तयार गरी संक्रमितहरुको उपचारको व्यवस्था मिलाउने, कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवंम् उपचारमा संलग्न गाउँपालिका क्षेत्रका स्वास्थ्यकर्मीहरु कोभिड पोजेटिभ भएमा निजहरुको उपचारको सम्पूर्ण जिम्मा गाउँपालिकाले लिने र हल्दीबारी गाउँपालिका क्षेत्रका नागरिकहरुलाई उपचारमा सहजता ल्याउन र पिसिआर परिक्षणमा अस्पताललाई सहयोग पुर्याउनका लागि मेची प्रादेशिक अस्पताललाई ५ लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको प्रवक्ता पोर्तेलले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]