बैशाख ४, २०८१ मंगलबार

आइसोलेशन बसेका संक्रमितलाई हर्लिक्स

बुधबारे । बुधबारे जेसीजकाे `खासदिन जन्मदिन´ कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिकाले अक्सिजन लगाउनुपर्ने कोभिड संक्रमितका लागि तयार गरेकाे आइसाेलेसनमा भर्ना हुने बिरामीका लागि हर्लिक्स प्रदान गरेको छ । 

बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्रेती, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीकाे राेहबरमा आइसाेलेसन समितिलाई १७ थान हर्लिक्स हस्तान्तरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाकाे जन्मदिनको अवसर पारेर सो कार्यक्रम गरिएको बुधाबारे जेसीजका निबर्तमान अध्यक्ष नन्दकुमार याफू राईले बताए । जेसीज मानवताकाे सेवामा समर्पित संस्था भएकाले आफूहरूले सकेकाे याेगदान गरेकाे बुधबारे जेसीजका अध्यक्ष वाग्लेले बताए । हर्लिक्स ग्रहण गर्दै गाउँपालिका अध्यक्ष भुजेलले काेराेनाकाे जटिल समयमा जेसीजले गरेकाे कार्यको प्रशंसा गरे । 

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]