बैशाख ६, २०८१ बिहीबार

पोषिलो खानेकुरा बोकेर संक्रमितको घरघरमा पुग्दैछन् वडाध्यक्ष सापकोटा

विर्तामोड । हल्दिवारी १ का जनप्रतिनिधिहरु कोभिड संक्रमितलाई पोषिलो खानेकुरा बोकेर घरघर पुगिरहेका छन् । वडाध्यक्ष त्रिलोचन सापकोटा सहितको नेतृत्वमा सदस्यहरु संक्रमितलाई पोषिलो खानेकुरा लिएर घरघर पुग्न थालेका हुन् ।

दोस्रो लहरको शुरुआत देखी नै जनप्रतिनिधिहरु नागरिकको स्वास्थ्य प्रति संवेदशील हुँदै सचेत गराइरहेका छन् । पछिल्लो समय वडाध्यक्ष सापकोटा सहितको टोलीले संक्रमितलाई पोषिलो खानुकुरा, औषधि लिएर घरमा पुगिरहेको पाइएको छ । वडाध्यक्ष सापकोटाले संक्रमितको स्वास्थ्य लाभको कामना गर्न पोषिलो खानेकुरा, औषधि लिए जाने गरेको जानकारी दिए । उनको टोलीमा स्वास्थ्यकर्मी समेत रहेका छन् । स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परामर्श दिने गरेका छन् । संक्रमितको मनोवल बढाउन अभियान सञ्चालन गरिरहेको सापकोटाको भनाई छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार  ११ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]