बैशाख १३, २०८१ बिहीबार

रेडक्रसको एम्बुलेन्स कनकाई नगरपालिकालाई हस्तान्तरण

सिएम शर्मा
कनकाई । नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले आफ्नो मातहतमा रहेको एम्बुलेन्स कनकाई नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

रेडक्रस उपशाखा सुरुङ्गाको नाममा दर्ता कायम रहेको मे १ च ९९५ नम्बरको एम्बुलेन्सको स्वामित्व र दायित्व कनकाई नगरपालिकाले ब्यहोर्ने गरि दुबै पक्ष बिचको सहमति बमोजिम मंगलबार कनकनई नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

संस्थाको तर्फबाट रेडक्रस उपशाखा सुरुङ्गाका सभापति प्रविन तिम्सिना , कोषाध्यक्ष तोयानाथ अधिकारी र एम्बुलेन्स संचालक संयोजक दुर्गाप्रसाद ( राजु ) पाठकले संयुक्तरूपमा हस्तान्तरण गरेको उक्त एम्बुलेन्स कनकाई नगरका तर्फबाट नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मञ्जु प्रसाईं , प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपाने र सि.अ.हे.ब. ( छैटौं ) खगेन्द्रप्रसाद दंगालले जिम्मा लिएका छन् ।

एम्बुलेन्स हस्तान्तरण गर्दै सभापति तिम्सिनाले कोभिड १९ संक्रमणको नियन्त्रणका बिषयमा गर्दै आएको काममा कोभिडका बिरामिलाई निःशुल्क रुपमा नगरले अस्पताल लाने ल्याउने व्यवस्था पनि गरेको र यस्तो महान कार्यमा थप टेवा मिलोस् भन्ने मनसायले नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले आफ्नो स्वामित्वमा रहेको एम्बुलेन्स अब उप्रान्त नगरकै स्वामित्वमा रहने गरि हस्तान्तरण गरिएको बताएका छन् ।

एम्बुलेन्स ग्रहण गर्दै नगरमा यसअघि पनि भारतीय राजदुतावासबाट प्राप्त गरेको एउटा एम्बुलेन्स रहेता पनि सो एम्बुलेन्सले मात्र कोभिड महामारीको चाप थेग्न सक्ने अबस्था नरहेको वेला नगरको समस्यालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स नगरकै स्वामित्वमा रहने गरि प्रदान गरेकोमा नगर प्रमुख पोखरेलले आभार तथा धन्यवाद ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]