जेष्ठ ३, २०८१ बिहीबार

भत्ता बुझ्न झन्झट

बिर्तामोड । सामाजिक सुरक्षा भत्ता बैंकिङ सिस्टम गरिएपछि पनि भुक्तानी लिन बृद्धबृद्धाले कष्ट व्यहोर्नु परेको छ ।

बंैकमा दिनभर बस्नुपर्ने बाध्यताले बृद्धबृद्धा हैरानी भएको बताउँछन् ।
स्थानीय तहले वितरण गर्ने बृद्ध भत्ता वापतको रकम बुझ्न बैंकसम्म जानुपर्दा बृद्धबृद्धालाई समस्या भइरहेको छ । बैंकसम्म जान, आउन कठिन हुने गरेको उनीहरुको भनाई छ । ४/४ महिनामा गाउँपालिका र नगरपालिकाले स्वमय् सामाजिक सुरक्षा भत्ता पाउनेको नाममा रकम जम्मा गरेको हुन्छ । आइतवार बुद्धशान्तिका बृद्धबुद्धाले भत्ताका लागि बसेको लाइन देखेर सामाजिक सञ्जालमा चौतर्फी आलोचना गरिएको छ । उनीहरुलाई स्थानीय सरकारले घरघरमा भत्ता पु¥याउनु पर्ने सर्वसाधरणको अभिव्यक्ति छ । बुद्धशान्तिले सनराइज बैंक, एनआइसी र एक्सल डेभलोपमेन्ट बैंकबाट भत्ता वितरणको व्यवस्था मिलाएको छ ।

कष्टपूर्ण तरिकाले लाईनमा उभिएका बृद्धबृद्धालाई देखेर प्रहर जैसीले फेसबुकमा लेखेका छन्, घर धुरी कर उठाउन कर्मचारी घर घर पठाउने सरकारले हजुरबा हजुरआमाको भत्ता पनि घर घरमा पठाइदिने वा बैंक मार्फत खातामा जम्मा गरिदिने ब्यवस्था गर्न किन सक्दैन ? यता, केशव मिश्रले बैंक मार्फत नै भत्ता वितरण व्यस्थित हुने तर्क गरेका छन् । उनले बृद्धबुद्धालाई हतारो भएको प्रतिक्रिया दिए । स्थानीय सरकारले घर घरमा पु¥याउन मिल्दैन भन्ने इजलासको जिज्ञासामा जवाफ दिदैं बुद्धशान्ति गाउँपालिकाका सूचना अधिकारी तोषराज ठाकुरले वितरण प्रणालीलाई व्यवस्थित गर्न नै बंैक मार्फत जम्मा गरिएको बताए । उनले वर्षभरीमा एक पटक वा आफुलाई आवश्यक भएको जुनसुकै समयमा निकाल्न मिल्ने जानकारी दिए । भत्ता पाउने व्यक्तिको खातामा रकम जम्मा भएको हुन्छ, कसैले झिकेर लैजान मिल्दैन । हतार गरेर भन्दा पनि आफुलाई अनुकुल भएको समयमा निकालेको राम्रो, – ठाकुरले भने । उनका अनुसार घर घरमा वितरण गर्दा उनीहरुको हातमा नपर्न सक्छ ।

जिल्लाका केहि स्थानीय तहले गाउँमा भेला गरेर वितरण गर्ने गरेका छन् । बुद्धशान्ति गापाले भने बुधबारेमा रहेको बैंकमा जम्मा गर्ने गरेको छ । अहिले सबै क्षेत्रमा तेस्रो चौमासिकको रकम बुझिरहेका छन् ।

प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार  २ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]