चैत्र १५, २०८० बिहीबार

राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुग्यो, शनिबार मैत्रीपूर्ण म्याच

काठमाडौं । विश्वकप फुटबल २०२२ को छनोटको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुगेको छ ।

कतार एयरवेजको विमानबाट बुधबार अपरान्ह बसरामा अवतरण गरेको नेपाली टोलिलाई बसराका स्थानीय अधिकारीहरुले स्वागत् गरेका छन् । इराकी फुटबल संघले नेपालको राष्ट्रिय फुटबल टोलिका सदस्य अवतरण गर्दै गरेको तस्विर साझा गरेको छ । बसरा शेराटनमा बसाई रहेको नेपाली टोलिले स्पोर्टस् सिटी स्टेडियममा अभ्यास खेलेको छ । टोलिमा २३ खेलाडी तथा १३ अधिकारी रहेका छन् । यसअघि अखिल नेपाल फुटबल संघ(एन्फा)ले भ्रमण टोलिमा ३५ सदस्य रहेको जनाएको थियो ।

इराक बसाइको क्रममा नेपालले शनिबार इराकको राष्ट्रिय फुटबल टोलिसँग मैत्रीपूर्ण म्याच खेल्नेछ । इराकको सीमासँग जोडिएको कुवेतमा विश्वकप छनोटको दोस्रो चरणको खेल हुनेछ । छनोट खेल्नु अघि खेलाडीलाई कुवेत जस्तै वातावरण रहेको इराकमा मैत्रीपूर्ण म्याच खेलाउँदा छनोट खेलमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपालले छनोट अन्तगर्तको खेलहरुमा चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]