बिर्तामोड

ज्ञानुराम प्रसाईको चौथो स्मृतिमा अदुवा करिडोर क्षेत्रमा वृक्षरोपण

ज्ञानुराम प्रसाईको चौथो स्मृतिमा अदुवा करिडोर क्षेत्रमा वृक्षरोपण


बिर्तामोड । ज्ञानुराम प्रसाईको स्मृतिमा आज वृक्षरोपण गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित अदुवा करिडोर क्षेत्रमा वृक्षरोपण गरिएको हो ।

ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले आयोजना गरेको वृक्षरोपणमा प्रमुख संरक्षक एवम् विर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य हरिचरण शिवाकोटी र एमाले नेता कार्यकर्ताहरुले सहभागिता रहेको थियो ।

ज्ञानुराम प्रसाईको चौथो स्मृतिमा वृक्षरोपण गरिएको नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार ज्ञानु प्रसाईको तेस्रो स्मृतिबाटै वृक्षरोपण गरेर स्मृति दिवस मनाउने गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष बद्री भट्टराईले अदुवा करिडोर क्षेत्रमा प्रतिष्ठानले हरेक वर्ष वृक्षरोपण गर्ने जानकारी दिए । उनका अनुसार करिडोर क्षेत्रको सुन्दरताका लागि वृक्षरोपण गरिएको हो । रोकिएका विरुवाहरुको संरक्षणको जिम्मेवारी स्थानीयवासीलाई नै प्रदान गरिएको बताइएको छ ।
अदुवा खोलाको किनारमा बनाइएको करिडोरमा पेवर्स लगाइएको छ ।

शेयर गर्नुहोस :

756
Shares