बैशाख ११, २०८१ मंगलबार

कोभिडबाट बचाउन नगरबासीको निम्ति मेयरले दिए १० लाख

सिएम शर्मा

कनकाई । झापाको कनकाई नगरपालिका फेरि चर्चामा आएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा रचनात्मक काम गर्दै आएको कनकाई नगरपालिकामा मेयर राजेन्द्र पोखरेलको अर्को घोषणाले नगर चर्चामा आएको हो ।

नगरले आगामी ३ महिनाभित्रमा लगभग २ करोड लगानीमा अक्सिजन प्लाण्ट स्थापना गर्ने तयारी थालेको छ । उक्त प्लाण्ट स्थापना बारे जानकारी दिदैं नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले संघ तथा प्रदेश सरकारले कोभिड संक्रमित बिरामीका लागि आइसोलेशन तथा उपचार गर्ने भनिए पनि त्यसको उचित व्यवस्थापन नभएको अबस्थामा नगर आफैले अक्सिजन सहितको २० शैंयाको कोभिड अस्पताल सुरु गरिसकेको जानकारी दिए । अब अक्सिजन प्लाण्ट समेत नगर र बिभिन्न संघसंस्था तथा सहयोगी हातहरुको सहयोगबाट स्थापना गर्ने योजना रहेको पोखरेलको भनाई छ ।

सोही कार्यक्रममा सुरुङ्गा स्वास्थ्य केन्द्र परिसरमा स्थापना गरिने भनिएको अक्सिजन प्लाण्टको लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो ३ बर्षको तलब भत्ता बापतबाट हुन आउने रकम १० लाख रुपैंया प्रदान गर्दै उक्त रकमको चेक नगर उपप्रमुख मञ्जु प्रसाईंलाई हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख पोखरेलले नगरको सुरुङ्गा स्वास्थ्य केन्द्रमा दैनिक ५ सय भन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आउने साथै कनकाई नगरपालिका झापा जिल्लाकै केन्द्र भगमा रहेको हुँदा र कोभिड १९ महामारी अझै प्रकोपको रुपमा फैलने विश्लेषण बैज्ञानिक तथा चिकित्सकहरुले गरिरहेको सन्दर्भमा यो महामारि लगायत अन्य विपद्का लागि समेत आवश्यक अक्सिजन उत्पादनका लागि तथा बन्न गइरहेको आधुनिक नगर अस्पतालको लागि समेत अक्सिजन प्लाण्ट राख्नु अपरिहार्य भएकोले दैनिक ५० वटा सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको बताएका छन् ।

अक्सिजनको अभावले देशमा धेरैले ज्यान गुमाइरहेको बेला कनकाई नगरमा संघीय तथा प्रदेश सरकार साथै विभिन्न सहयोगीहरूकोे सहयोगमा अक्सिजनको अभाव हुन नदिएको र आवश्यकताको आधारमा घरघरमा अक्सिजन पुर्याइरहेको समेत पोखरेलले जानकारी गराएका छन् ।

अक्सिजन प्लाण्ट स्थापनाको लागि नगरबाट ६० लाखभन्दा बढी रकम निकासा गरिने भए पनि आवश्कतालाई , जनप्रतिनिधि , नगरपालिका तथा स्थानीय नगरवासीहरुको आर्थिक सहयोगले मात्र सम्भव नहुने भएकोले यो पुण्य कार्यमा विभिन्न संघसंस्था , नगरवासी , देशविदेशमा रहनुहुने सम्पुर्ण माहानुभावहरु समक्ष नगर प्रमुख पोखरेलले सहयोगको अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार  ३ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]