बैशाख १३, २०८१ बिहीबार

सामाजिक विकास मन्त्रालयद्वारा छानविन

विराटनगर । कोभिड १९ विरुद्धको खोपका विषयमा सामाजिक विकास मन्त्रालयलाई जोडेर आएका समाचारहरु प्रति मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत जेठ १४ गते विराटनगर स्थित सिटी सिनेमा हलमा लगाएको खोपका विषयमा सम्बन्धित कार्यालय र संलग्न कर्मचारीहरुलाई सोधपुछ र सो विषयमा छानबिन प्रक्रिया शुरु गरिएको सामाजिक विकास मन्त्री उषाकला राईको स्वकीय सचिवालयले जनाएको छ । भयावह अवस्थामा खोप जस्तो विषय कसैले पनि र कुनै पनि निकायले दुरुपयोग गरिएको ठहरिएमा कानून बमोजिम दण्डनीय हुने कुरा स्वभाविक रहेको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘लापरबाही र अनुशासनहीन काम गरिएको ठहरिएमा मन्त्रालयले कारबाही गर्ने कुरामा विश्वास दिलाउन चाहन्छौं । ’

प्रदेश १ मा कोभिशिल्ड खोपको पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहनु भएका व्यक्तिहरुलाई दोस्रो डोज लगाउन कोभिशिल्ड नआएको कुरा यथार्थ रहेको विज्ञप्तिमा जनाईएको छ । अत्यन्त न्यून मात्रामा रहेको कोभिशिल्ड भ्याक्सिन फ्रन्टलाईनरलाई प्राथमिकताका आधारमा लगाउने गरी केही समय अगाडि नै सबैको निवेदन र माग पत्र सहित भ्याक्सिन स्वास्थ्य कार्यालय मोरङलाई दिएको प्रमुख स्वकीय सचिव विरेन्द्र मगरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्पूर्ण नागरिकहरुलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता रहेको जनाईएको छ । सरकार सबै नागरिकको भएकाले सबैलाई खोप लगाउने र स्वास्थ्य सेवा र सुविधा पु¥याउने कुरामा जनतामा समर्पित भई विभेदरहीत ढंगले मन्त्रालयले सम्पूर्ण काम गरिने विज्ञप्तिमा जनाईएको छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]