जेष्ठ ८, २०८१ मंगलबार

झापामा पनि ‘म अघि बढ्छु’ अभियानको प्रारम्भ

विर्तामोड । ‘म अघि बढ्छु’ नामक अभियान मंगलवारदेखि झापामा प्रारम्भ भएको छ । प्रदेश नं. १ सरकारले किशोरावस्थामा प्रवेश गरेका १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवम् सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यल अभियानको प्रारम्भ गरिएको हो ।


अभियानको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले गरेका छन् । पोर्तेल र प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्त रुपमा सगरमाथा टिन्स क्वलको लोगो उद्घाटन गरेर अभियानको प्रारम्भ गरेका हुन् । आजै प्रदेश सरकारले यो अभियानको औपचारिक शुभारम्भ गरेको छ ।


विद्यार्थीलाई दूव्र्यसनमुक्त, नैतिकवान र देशभक्ति नागरिक तयार पार्न किशोरावस्था मै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले कार्यक्रमको शुभारम्भ गरेको कार्यक्रमका झापा संयोजक डम्बर अधिकारीले जानकारी दिए ।


उनका अनुसार स्थानीय तहले तोकेका विद्यालयमा सगरमाथा टिन्स क्लव गठन गर्ने र त्यही क्लवको माध्यमद्वारा अभियानलाई अघि बढाइनेछ ।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]