बैशाख १७, २०८१ सोमबार

जसपा सरकारमा सहभागी हुने तयारीमा

काठमाण्डाै – जनता समाजवादी पार्टी(जसपा) काे महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने तयारीमा जुटेकाे छ । सरकारमा सहभागी हुनका लागि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा जसपालाई दिइने मन्त्रालयको विषय टुङ्गो लगाउने प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन्।

जसपालाई ८ वटा मन्त्रालय दिन प्रधानमन्त्री ओली सहमत भए पनि यो विषय टुङ्गो लागिसकेको छैन् । आज सहमति भएमा आजै या भोलि मन्त्रीहरुको सपथ हुन सक्नेछ । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने सरकारमा जाने तयारी गरेको भन्दै ठाकुरसहितका नेतालाई स्पष्टीकरण सोधेको छ ।

यो पक्ष विपक्षी गठबन्धनसँगै प्रतिनिधिसभा विघटनको विरुद्धमा रहेको छ । जसपामा ठाकुर पक्षले पनि यादव पक्षलाई स्पष्टीकरण सोधिसकेको छ।

प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार  १२ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]