बैशाख २७, २०८१ बिहीबार

असार मसान्तकै म्याण्डेडमा टुङ्गियो नेकपाको एकता

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता पक्रियाका सम्पूर्ण काम टुंगो लागेको छ ।


मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलले पार्टी एकताको कामलाई टुंगोमा पुर्याएको हो ।

अध्यक्षद्वयसँगको छलफलमा पार्टीका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पनि सहभागी हुनुहुन्थ्यो ।


छलफलमा सहभागी महासचिव विष्णु पौडले पार्टी एकताका सम्पूर्ण बाँकी कामहरु टंगोमा पुगेको जानकारी दिनुभयो । दुई अध्यक्षबीच भएको सहमतिलाई चाँडै नै सचिवालय बैठकमा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।


दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारेलगायतका विषयमा सहमति भएको हो ।


नेकपाका अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो एउटा कार्यक्रममा अर्का अध्यक्ष ओली र आफूबीच भएको सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने बताउनु भएको थियो । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच गएको जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता भए पनि केही कुरा भने टुंगिन बाँकी रहेको थियो ।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]