बैशाख २७, २०८१ बिहीबार

नेपाली कांग्रेसमा चर्को विवाद

काठमाडौं । नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् ।


अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता कृष्णप्रसाद सिटौलाले सस्यौदाविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए । त्यसलगतै सभापति देउवा पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो ।


पाँच सदस्यीय मस्यौदा समितिमा देउवा इतरका केन्द्रिय सदस्य प्रदीप पौडेल र जीवन परियार सहभागी छन् । यो समाचार अन्नपूर्ण दैनिकमा नवीन झाले लेखेका छन् ।

प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]