बैशाख १४, २०८१ शुक्रबार

नेकपा एमालेद्वारा विर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

विर्तामोड । नेकपा एमाले विर्तामोड नगर कमिटीले खरिद गरेको ५० थान अक्सिजन सिलिण्डर विर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

आज विहान एक कार्यक्रमको आयोजना गरि सिलिण्डर हस्तानतरण गरिएको हो । नेकपा एमाले प्रदेश १ का अध्यक्ष देवराव घिमिरेले सो सिलिण्डर विर्तामोडका मेयर धु्रव कुमार शिवाकोटी र उपमेयर पवित्रा महतरा प्रसाईलाई हस्तान्तरण गरेका छन् । नेकपा एमाले विर्तामोडका सचिव सुवास भट्टराईका अनुसार अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरिएको छ । मंगलवार साँझ काठमाडौंबाट झापा ल्याइएको सिलिण्डर औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।
कोरोना महामारीमा अक्सिजनको आवश्यकतालाई मध्यनजर गरि एमाले विर्तामोडले सिलिण्डर उपलब्ध गराएको हो । एमालेले आफ्नो पार्टी नेता कार्यकर्ता, जनप्रतिनिधि, व्यवसायी, सामाजिक व्यक्तित्व र सर्वसाधारणलाई सहयोगबाट सिलिण्डर खरिद गरेको सचिव भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार १५ लाख बढी रकम संकलन भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले १ नं. प्रदेशका अध्यक्ष घिमिरेले महामारीमा पार्टीले गरेको कामको प्रशंसा गरेका छन् । उनले यस्तो समयमा सानो सहयोग पनि कोभिड संक्रमितका लागि महत्वपूर्ण हुने बताए ।

सिलिण्डर बुझ्दै नगर प्रमुख शिवाकोटीले नेकपा एमालेलाई धन्यवाद दिएका छन् । उनले कोभिड संक्रमितको उपचारमा एमालेको सहयोग महत्वपूर्ण भएको बताएका छन् । उनले विर्तामोड नगरपालिकाले कोभिड नियन्त्रण र उपचारमा प्रभावकारी काम गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १९, २०७८ बुधबार  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]