बैशाख १४, २०८१ शुक्रबार

कोटीहोमको प्रयोगशालाबाट संक्रमण फैलन नदिन युवा संघको सचेतना अभियान

सिएम शर्मा

कनकाई । कनकाई नगरपालिका –४ कोटिहोम परिसरमा स्थापना गरिएको पिसिआर प्रयोगशालामा दैनिक सयौं सर्वसाधारण कोरोना परीक्षण गर्न आउन थालेका छन् ।

कोरोना संक्रमणको आशंकाले परीक्षण गर्न आउने मानिसको संख्या बढ्दै गएपछि उनिहरुले प्रयोग गर्ने मास्क , ग्लोब्स लगायतका सामग्री साथै परीक्षणको क्रममा प्रयोग गरिएका सामग्रीको ब्यवस्थापनमा चासो राख्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कनकाइले फोहोर व्यबस्थापनको लागि प्रयोगशाला क्षेत्रमा डस्विनहरु राख्दै सचेतनाका लागि संक्रमणबाट जोगिन अपनाउनु पर्ने कुराहरुको साङ्केतिक चित्र अङ्कित पोस्टर प्रयोगशाला परिसरमा राखेकोे छ ।

बुधबार डस्बिन राख्दै गरेका युवा संघ कनकाईका अध्यक्ष विश्व बिजय खरेलले प्रयोगशाला क्षेत्रमा फोहोरको व्यवस्थापन राम्रो नभई प्रयोग भइसकेका मास्क , ग्लोब्स जस्ता सामग्री स्थानीय बालबालिकाले बोकेर खेलाउदै हिडेकोले संक्रमण बड्ने जोखिम बढेकाले युवा संघले ईलाका प्रहरी कार्यलय सुरुङ्गासँग सहकार्य गरि अनुगमन गरेको जानकारी दिए । थोरै कमजोरी भएपनि सुनिएको जस्तो त्रसित हुनुपर्ने अबस्था नरहेको र भएको थोरै कमजोरीलाई पनि ब्यवस्थित गर्न यस क्षेत्रमा डस्विन र सचेतना मुलक तस्बिरहरू राखिएको खरेलको भनाई छ ।

प्रयोगशालामा परीक्षण गर्न आउने मानिसहरुले पक्कै पनि सचेतना मुलक सामग्रीबाट सिक्दै सोही अनुरुप गर्नु हुनेछ भन्ने बिश्वासले यो सचेतना मुलक अभियान ल्याएको राष्ट्रिय युवा संघ कनकाईका पूर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाई नगर सचिव विनोद रानाले बताए ।
परीक्षण गर्न आउनेको संख्या धेरै भएकाले सो क्षेत्रमा भीडभाड हुने गरेको छ । भीडभाडका कारण दुरी कायममा भने थोरै समस्या आएकोले ईलाका प्रहरी कार्यलय सुरुङ्गाले सुरक्षा ब्यवस्था मिलाउदै आएको छ । युवा संगठनले गरेको सचेतनामुलक अभियानले राहत मिल्ने भन्दै ईप्रका सुरुङ्गाका प्रमुख उदय शमशेर रानाले खुशी ब्यक्त गरेका छन् ।

सरसफाईमा कुनै पनि कसुर बाँकी नराखी काम गरिदैं आएको र प्रत्येक दिन जम्मा भएको फोहोरलाई सोहि दिन डिस्पोज गर्दै आएको प्रयोगशालाका इन्चार्ज शान्तिराम पोखरेलले जानकारी दिए । व्यवस्थापन कार्यमा राष्ट्रिय युवा संघ कनकाई नगर समिति , ईप्रका सुरुङ्गा साथै नेपाल स्काउटको सहयोग प्रयोगशालाले पाउँदा हौसला मिलेको भन्दै पोखरेलले धन्यवाद ज्ञापन गरेका छन् ।

योसँगै बुधबार युवा संघ कनकाईले क्युआरटी अन्तर्गत कोरोनाबाट संक्रमति बिरामीहरु साथै लास ब्यवस्थापनमा खटिने स्काउटको टिमलाई १० लिटर सेनिटाईजर पनि सहयोग गरेको छ । उक्त सहयोग संघका कनकाई नगर सचिव केशव शिवाकोटीले नेपाल स्काउटका प्रतिनिधि निलम ढकाललाई हस्तान्तरण गरेका छन् भने ढकालले सहयोगी मनलाई धन्यवाद दिदै उक्त सामाग्री जनस्तरमा सुरक्षाको निम्ति नै स्काउटले प्रयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ १९, २०७८ बुधबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]