बैशाख १२, २०८१ बुधबार

अक्सिजन प्लाण्टलाई युवा संघको आर्थिक संकलन अभियान

सिएम शर्मा

कनकाई । कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लाण्टको लागि राष्ट्रिय युवा संघ कनकाई नगर समितिले आफ्नो पहलमा रकम संकलन अभियान सुरु गरेको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले निम्त्याएको समस्याँंग जुध्न कनकाई नगरले अक्सिजन प्लाण्टको लागि ‘दिगो समस्या सावधान नै भोलिको दिगो विकासको पूर्वाधार’ भन्ने मुल नाराका साथ अभियान थालेको छ । युवा संघ कनकाईले आर्थिक संकलनको समन्वय गरि नगरलाई सहयोग गर्न लागेको राष्ट्रिय युवा संघका कनकाई नगर अध्यक्ष विश्व विजय खरेलले जानकारी दिए ।

यसै अभियानमा जोडिदै हाल जर्मनमा रहेका कनकाई नगरपालिका –३ निवासी नेकपा एमालेका क्रियाशील सदस्य एवं झापा काठमाडौं सम्पर्क मञ्च क्षेत्र नं. ४ का पूर्व सदस्य प्रविन श्रेष्ठले रु ५० हजार सहयोग गरेका छन् । त्यसै गरि हाल जर्मनमै रहेका सुन्दरहरैचा –१२ वाल्मिकी मार्ग , मोरङ्ग निवासी दिपिन श्रेष्ठबाट समेत ५० हजार सहयोग भई हालसम्म संघले एक लाख रकम संकलन गरिसकेको र अरु रकम संकलन हुने क्रम जारि रहेको युवा संघ कनकाईका पूर्व अध्यक्ष एवं नेकपा एमाले नगर सचिब विनोद रानाले जानकारी दिए ।

राष्ट्रिय युवा संघ कनकाई नगर समितिले आफ्नो पहलमा सुरु गरिएको रकम संकलन अभियान जोडिदै यस्तो सम्वेदन शिल प्लाण्ट स्थापनाको निमित् सहयोग गर्नु हुने प्रविन श्रेष्ठ र दिपिन श्रेष्ठ द्वय प्रति हार्दिक आभार व्यक्त गर्दै संघको अभियान जारि रहेकाले देश विदेसमा रहनु हुने आम नेपाली समुदायमा यश अभियानमा जोडिदै सहयोग उपलब्ध गरिदिनुहुन संघका नगर सचिव केशव शिवाकोटीले हार्दिक अपिल गरेका छन साथै सहयोग प्राप्त भएको रकम चुस्त दुरुस्त सबैको नामावलि सहित नगरलाई एकमुष्ठ हस्तान्तरण गरिने पनि सचिव शिवाकोटीले जानकारी गराएका छन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]