असार ७, २०७८ सोमबार

राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु : मन्त्री महतो

कठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचारप्रसार गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले गएराती विज्ञप्ति जारी गर्दै आफू राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको भन्दै यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने स्पष्ट पार्नु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, आफूले संविधानका धारा ३ मा उल्लेख भए बमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक  विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समस्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसाथ गर्दै यो राज्य सबै जात जाती वर्ग समुदाय धर्म, लिङ्गको साझ राष्ट्र हो भन्ने आशय व्यक्त गरेको बताउनुभएको छ ।
साथै विज्ञप्तिमा संविधानमा रहेका असन्तुष्टी सम्बोधन गर्न संशोधनका लागि गठित कार्यदलमा आफ्ना धारणा राख्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट