बैशाख १३, २०८१ बिहीबार

कनकाईमा अक्सिजन प्लाण्ट निर्माण गर्न सहयोग जुटाउँदै युवा संघ

सिएम शर्मा

कनकाई । कनकाई नगरपालिकाले करिव २ करोडको लागतमा निर्माण गर्न लागेको अक्सिजन प्लाण्टका लागि राष्ट्रिय युवा संघ नेपाल, कनकाई नगर कमिटीले शुक्रबारबाट सुरु गरेको रकम संकलन अभियानले तीन दिन नबित्दै चार लाखमाथि सहयोग संकलन गरेको छ ।

आईतबार बिहानसम्म युवा संघको अभियानमा जोडिएका विभिन्न दाताहरुबाट प्लाण्ट निर्माणका निमित्त ४ लाख ४ हजार तीन सय दुई रुपैयाँ सङ्कलन भई सकेको संघका नगर सचिव केशव शिवाकोटीले जानकारी दिए ।

अक्सिजन प्लाण्ट निर्माणका निमित्त कनकाई नगरपालिका ३ निवासी सहयोगी तथा समाजसेवी श्यामसुन्दर ओली , शकुन्तला ओली साथै छोरी खुस्बु ओलीबाट ५१ हजार , कनकाई ३ निवासी उर्जाशिल युवा ब्यक्तित्व मौषम श्रेष्ठ तथा हाल हङकङ निवासी उहाँकी बहिनी जुना श्रेष्ठबाट ५१ हजार , हाल जर्मनमा रहेका कनकाई नगरपालिका ३ निवासी नेकपा एमालेका क्रियाशील सदस्य एवं झापा काठमाडौं सम्पर्क मञ्च क्षेत्र नं. ४ का पूर्व सदस्य प्रविन श्रेष्ठबाट ५० हजार , हाल जर्मनमै रहेका सुन्दरहरैंचाँ १२ वाल्मिकी मार्ग , मोरङ्ग निवासी दिपेन श्रेष्ठबाट ५० हजार , सामाजिक व्यक्तित्वहरु पवित्रा आयल ट्रेडर्स एण्ड सप्लायर्सका सन्चालकहरु क्रमश ः टङ्क पाठक र भावना पाठक, धर्म उप्रेती र तारा उप्रेती, प्रकाश सेडाइँ र ममता सेडाइँबाट जम्मा ५१ हजार , त्यसै गरि पवित्रा आयल ट्रेडर्स एण्ड सप्लायर्सबाटै म्यानेजर कनकाई ५ निवासी गिरेन्द्र र गङ्गा आचार्यबाट २० हजार रुपैयाँ युवा संघ कनकाई नगर कमिटीले संचालन गरेको सहयोग अभियानमा जोडिदै संघ मार्फत नगरलाई हस्तान्तरण हुने गरि उपलब्ध भएको युवा संघ कनकाईका पूर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाई नगर कमिटीका सचिव विनोद रानाले जानकारी गराएका छन् ।

त्यसै गरि यसै अभियानमा जोडिदै सिद्धार्थ सृष्टि कन्स्ट्रक्सन प्रालि तथा भवानी किरण इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक कनकाई ३ निवासी किरण मैनालीबाट २५ हजार , टोयस पार्कका सन्चालक युवा व्यवसायी, बिर्तामोड ७ निवासी सुनिल र सृजना कुँवर खरेलबाट २१ हजार , सामाजिक ब्यक्तित्व कनकाई ३ निवासी ख्याम ओली र रमा ओलीबाट १५ हजार १ सय एकाउन्न , सामाजिक ब्यक्तित्व कनकाई ३ निवासी श्री प्रसाद खरेल र सोमा खरेलबाट १५ हजार १ सय एकाउन्न , निर्माण ब्यवसायी कनकाई ३ निवासी रमेश र विद्यादेवी सेडाइँबाट १५ हजार , कनकाई १ निवासी सामाजिक व्यक्तित्व गङ्गा ढुङ्गेलका सुपुत्र हाल जर्मनमा रहेका मणि ढुङ्गेलबाट १५ हजार , सामाजिक ब्यक्तित्व अर्जुन ओली,गिता ओली परिवारबाट १५ हजार र कनकाई ३ निवासी ८१ बर्षीया माता साबित्रा देवि संग्रौलाबाट १० हजार रुपैंयाँ सहयोग उपलब्ध भएको रानाको भनाई छ ।

कनकाई नगरले स्थापना गर्न गहिरहेको अक्सिजन प्लाण्टको लागि “दिगो समस्या सावधाननै भोलिको दिगो विकासको पूर्वाधार“ भन्ने मुल नाराका साथ युवा संघ कनकाईले आर्थिक संकलनको समन्वय गरि यो विसम परिस्थितिमा नगरलाई सहयोग गर्न लागिएको राष्ट्रिय युवा संघका कनकाई नगर अध्यक्ष विश्व विजय खरेलले बताएका छन् । साथै दाताहरुबाट प्राप्त सहयोग रकम ग्रहण गर्दै अध्यक्ष खरेलले सहयोगी सम्पूर्ण दाताहरुलाई युवा संघ कनकाई नगर कमिटीको तर्फबाट बधाई तथा शुभकामना सहित आभार ब्यक्त गरेका छन् ।

युवा संघले अझै केहिदिन यो अभियान सन्चालन गरिने भएकोले स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुसँग सम्पर्क गरिरहेको र कोरोना महामारीको यो संकटमा स्थानीय सरकार कनकाई नगरपालिकाको महान कार्यमा देश विदेशमा रहनुहुने आम नेपाली समुदायलाई खुल्ला हृदयले सहयोग गर्न अपिल गर्दै प्राप्त भएको रकम केहि दिनमै नगरलाई एकमुष्ठ हस्तान्तरण गरिने संघका नगर सचिव केशव शिवाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]