बैशाख १४, २०८१ शुक्रबार

असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण गर्न र नयाँ सदस्यता आवेदन टुङ्ग्याउन निर्देशन दिएको छ । पार्टी सदस्यता नवीकरण तथा नयाँ पार्टी सदस्यहरूको आवेदन फारम भरी अद्यावधिक गरी प्रदेश सङ्गठन कार्यालयमा पठाइसक्न मातहतका कमिटीलाई निर्देशन दिएको हो।

एमालेले मङ्सिर २ गतेदेखि ६ गतेसम्म १० औँ महाधिवेशन गर्ने योजना तय गरेको छ । महाधिवेशन लक्षित गरेर सदस्यता नवीकरण थालिएको बताइएको छ ।

हाल एमाले दुई समूहमा विभाजित छ । यसअघि एमालेका करिब पाँच लाख क्रियाशील सङ्गठित सदस्य रहेको जनाइएको छ । आन्तरिक विवादका कारण एमाले अहिले विभाजनको सङ्घारमा पुगेको छ ।

अध्यक्ष ओली केपी ओलीप्रति असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अदालतको फैसलाअनुरूप जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार  ११ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]