बैशाख १३, २०८१ बिहीबार

उपाध्यक्ष गिरीको पहलमा ३ थान अक्सिजन कन्सन्ट्रेटर र २०० थान पिसिआर कीट सहयोग प्राप्त

हल्दिबारी । कोरोना भाइरसको संक्रमण बढेसंगै झापाका स्थानीय तहहरुले कोभिड अस्पताल र आइसोलेसन सेन्टर संचालन गरिरहेका छन् । तर, पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर र डाक्टरको व्यवस्थापन हुन नसक्दा उपचार भने असहज बन्दै गइरहेको छ ।

यसै क्रममा, झापाको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीको पहलमा आइसोलेशन सेन्टरका लागि आवश्यक ३ थान अक्सिजन कन्सन्ट्रेटर र २०० थान पिसिआर किट करुणा फाउन्डेसन नेपाल मार्फत हल्दीबारी गाउँपालिकालाई प्राप्त भएको स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । प्राप्त सामग्री फाउन्डेसनले आजै गाउँपालिकाका उपाध्यक्ष गिरीलाई हस्तान्तरण गरेको छ ।

२ जनाले प्रयोग गर्न मिल्ने र आफै अक्सिजन उत्पादन हुने ३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट एकै पटक ६ जनाले श्वास फेर्न मिल्ने स्वास्थ शाखा प्रमुख निरौलाले बताए । गाउँ कार्यपालिकाको निर्णय बमोजिम हल्दीबारीमा १०० शैयाको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय भएको भएता पनि अक्सिजन सिलिन्डरको अभावमा हाल २० शैया मात्र संचालनमा ल्याइएको थियो ।

यससंगै, गाउँपालिका क्षेत्रबाट कोरोनाका विरामीहरु अन्य अस्पतालमा जानू पर्ने बाध्यता न्यूनीकरण हुने भएको छ । विरामीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हल्दीबारीले १ जना एम.बि.बि.एस. डाक्टर र पर्याप्त स्वास्थ्यकर्मी सहित आइसोलेसन सेन्टर संचालन गरिरहेको उपाध्यक्ष गिरीले बताए ।

प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार  २ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]