बैशाख १२, २०८१ बुधबार

पूर्व मन्त्री खरेलको पहलमा विर्तामोड र अर्जुनधारालाई आनीको सहयोग

विर्तामोड । झापाका दुई नगरपालिकालाई आनी छोइङ डोल्मा फाउण्डेशनले ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । फाउण्डेशनले आज विहान विर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता अग्नी खरेलको पहलमा उक्त सामग्री झापाका दुई नगरलाई हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ । सो फाउण्डेशन, प्रारम्भ सामाजिक संस्था र सिङ्गापुर रेडक्रसले दुई नगरलाई १-१ थान भेन्टिलेटर, २-२ थान अक्सिजन कन्सनट्रेटर र पीपीई उपलब्ध गराएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आनी छोइङ डोल्माले बताइन् । उनले जीवनमा सेवा नै सर्वोत्तम कार्य भएको बताएकी छन् । देशका विभिन्न जिल्लामा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गर्दै आएको जनाएको छ ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै विर्तामोड नगरका प्रमुख धु्रव शिवाकाटी र अर्जुनधाराका नगर प्रमुख हरि रानाले फाउण्डेशनलाई धन्यावाद दिएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनाले झापामा सम्झिएर स्वास्थ्य सामग्री उपलब्ध गराएको आभार व्यक्त गर्दै जिल्लाको अवस्था बारे जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  ११ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]