बैशाख १५, २०८१ शनिबार

प्रधानमन्त्रीको हत्या योजनाले विपक्षीमाथि प्रश्न उठ्यो : रिमाल

काठमाडौं- प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमालले सत्ताका लागि काँग्रेसले हिंस्रक योजना बनाएको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्रीको हत्याको योजना सहित बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले आफू नाथुराम गौडसे हुन तयार रहेको बताएपछि रिमालले यस्तो आरोप लगाउनुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका रिमालले सत्ताका लागि काँग्रेसले कहाँ कहाँ र कस्ता तानाबाना बुन्दैछ भन्ने खुल्दै जाने उल्लेख गर्नुभएको छ । रिमालले बैद्यको भनाइलाई ‘टङ स्लिप’ मात्र भन्न नसकिने बताउनुभएको छ । रिमालले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘प्रदेशसभा सदस्य बैद्यको यो भनाइ टङ स्लिप मात्र नभइ काँग्रस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत पनि हो ’ रिमालले लेख्नुभएको छ ।

रिमालले यस बिषयलाई लिएर काँग्रेस मात्र होइन विपक्ष गठबन्धन माथी पनि प्रश्न गर्नुभएको छ । उहाँले लेख्नुभएको छ ‘काँग्रेस र विपक्षी गठबन्धनले आफ्नो योजना थप स्पष्ट पारोस ।’

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]