बैशाख १४, २०८१ शुक्रबार

झापामा निषेधाज्ञा : यी हुन् खुला गर्न पाउने व्यवसाय

विर्तामोड । झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै कतिपय क्षेत्रलाई खुकुलो बनाईएको छ । डीसीसीएमसीको बैठकले नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यन्न, हार्डवेयर, वीउ विजन, वर्कशवमा खुकुलो बनाइएको छ ।

आज सम्पन्न बैठकले खाद्यनन, फलफुल, तरकारी माछामासु, दुध डेरी , पुस्तक पसल, हार्डवेयर पसल विहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न दिने निणर्य गरेको छ । हाट बजार पार्टी, भोज लगायतका भीडभाड हुने कार्य नगर्न समितिले आग्रह गरेको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने , एटीएम २४ घण्टा खुल्ला राख्न सूचित गरिएको छ । यस्तै, सहकारीहरुलाई घर पसल तथा समूहमा गई बचत संकलन गर्ने कार्य हाललाई स्थगित गरिएको छ । मल खाध, वीउविजन, कुखुराका चल्ला, दाना,पशुपंक्षीका आहार सम्बन्धी पसललाई विहान १० देखी ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।

हार्डवेयर सम्बन्धी पसल विहान ६ बजेबाट १० बजेसम्म खुल्ला गर्न पाइने छ । डीसीसीएमसीले अन्य नियमहरु यसअघि कै पालना गर्नुपर्ने जनाएको छ । निषेधाज्ञा अवधिभर सार्वजनिक एवम् निजी सवारी सञ्चालनमा रोक लगाएको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार  ५ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]