बैशाख १४, २०८१ शुक्रबार

चौधरीलाई घर हस्तान्तरण गर्ने तयारी

दुधे । भीमाकुमारी चौधरी राईको घर निर्माणका लागि रकम जुट्ने क्रम जारी छ । नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाको नगर समिति र त्यही पार्टीको वडा नम्बर ११ को वडा समितिले निर्माण सुरु गरेको भीमा कुमारीको घर करिब ९८ प्रतिशत निर्माण सम्पन्न भएको छ । अब रंगरोगन गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस शिवसताक्षीको नगर समितिले जनाएको छ ।

सोमबार अष्ट्रेलियामा रहेका नेपालीले नेपाली ५५ हजार नगदै भीमाकुमारीको घर निर्माण उपभोक्ता समितिका संयोजक विनोद ढकाललाई हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसको अस्ट्रेलिया जनसंपर्क समितिले शिवसताक्षीकी अतिविपन्न, एकल तथा क्यान्सर पीडित भीमाकुमारीको घर निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।

यो रकम साबिक महाभारा हाल गौरीगंज बस्ने नेत्र पौडेल नेतृत्वमा अस्ट्रेलियामा संकलन भएको नेपाली कांग्रेसले नगर समितिले जनाएको छ । रकम संकलनको नेतृत्व गर्ने पौडेलका अनुसार सन्तोष सिटौला (झापा), भीम लुइँटेल (ओखलढुंगा), निल थपलिया (चितवन), नेत्र पौडेल (झापा), निरञ्जन प्रसाईं (झापा), राजन सिटौला (झापा) र रुपक राज मैनालीले भीमाकुमारिको घर निर्माणका लागि अष्ट्रेलियाबाट रकम पठाएका हुन् ।

नेपाली कांग्रेस नगर समितिका अनुसार भीमाकुमारीले उपहार पाउने घरको अधिकांश निर्माण कार्य सम्पन्न भएको छ । रंगरोगन मात्र बाँकी रहेको पार्टीका नगरका सभापति पर्शुराम ढुंगानाले बताए । १४ लाख रुपैँया घर निर्माण कार्यमा खर्च भएको निर्माण समितिका सहसंयोजक अशोक बस्नेतले बताए । उनका अनुसार सबै रकम दाताहरुबाट प्राप्त भएको हो ।

निर्माण उपभोक्ता समितिका अनुसार भीमाकुमारीको घर निर्माणका लागि सहयोगको बचन दिएका पाटीका नेता कार्यकर्तालाइ आफुले कवोल गरेको रकम समितिमा बुझाउन अनुरोध गरेको छ । यसरी कवोल गरेको रकम करिव ६० प्ितसत संकलन हुन बाँकी छ ।

भिमाकुमारीका श्रीमान् सडक दुर्घटनामा परेर मृत्यु भएपछि उनी लगायत उनका २ छोराछोरी माइती पक्षको संरक्षणमा रहँदै आएका थिए । विपन्नता कै कारण जग्गा र त्यसमा निर्माण हुने घर नभएका कारण उनी माइती पक्षको संरक्षणमा रहेकी हुन् ।

स्थानीय सञ्चारमाध्यममा भीमाकुमारी गरिबीका कारण घरको न घाटको भएको समाचार प्रकाशन भएपछि नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले घर र सो पाटीको वडा नम्बर ११ को वडा समितिले जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सो अनुरुप भीमाकुमारीले घर पाउने भएकी हुन् ।

बिपी स्मृति दिवसको अवसर पारेर भीमा कुमारीको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट घर पाउनेछन् । त्यसको तयारीका लागि नेपाली काँग्रेस नगरसमिति जुटेको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : असार १, २०७८ मंगलबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]