बैशाख १३, २०८१ बिहीबार

नयाँ दिल्लीको एपोलो अस्पतालमा खनालको उपचार सुरु

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु गरिएको छ।

उनको बुधवार नयाँ दिल्ली पुर्‍याएलगत्तै एपोलो अस्पतालमा उपचार सुरु गरिएको हो।

खनाललाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालबाट थप उपचारका लागि दिल्ली लगिएको हो । नेपाल बायु सेवा निगमको जहाजबाट खनाललाई बुधवार दिल्ली लगिएको थियो ।यसअघि खनाललाई कोरोना सङ्क्रमण भई निको भएको थियो ।

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  ११ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]