चैत्र १६, २०८० शुक्रबार

गोल्धापका महिला किसानलाई घरघरमै पुगेर सम्मान

विर्तामोड । झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ ले वडाभित्रका उत्कृष्ट महिला किसान र उद्यमी महिलालाई घरघर पुगेर सम्मान गरेको छ । वडाले शुक्रवार घर मै पुगेर कृषि पेशा गरिरहेका र पशुपालन गरिरहेका किसानलाई सम्मान गरेको हो ।

कृषि तथा पशुपालनमा किसानलाई उत्प्रेरित गर्ने उदेश्यले सम्मान गरिएको वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार १२ जनालाई यो वर्ष उत्कृष्ट किसानका रुपमा सम्मान गरिएको छ । किसानलाई सम्मान पत्रसहित कृषि सामग्री खरिद्का लागि ७ हजार ५ सय नगर समेत प्रदान गरिएको छ । वडा नं. १ का उत्कृष्ट महिला उद्यमीहरुलाई महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो ।

यसरी सम्मानित एवम् पुरस्कृत हुनेहरुमा बरमेली बाख्रा फार्मकी सञ्चालक गोमादेवी खरेल, पिङ चोक ढाका उधोगकी सञ्चालक माया खालिङ राई, खाडी ढाका उत्पादन गर्ने लक्ष्मी देवी न्यौपाने, योङहाङ सुगुर पालन उधोगकी सञ्चालक शर्मिला थेवे, योजना बाख्रा पालनकी सञ्चालनक कमलादेखी कोइराला न्यौपाने, सुरुवात कृषि फर्मकी भक्तिमाया भट्टराई, गिता ढाका उधोगकी सञ्चालन गर्ने सिता देवी राई, टि.एण्ड.वी कृषि फर्म सञ्चालन गर्ने भुमाया बाँस्कोटा, एकता कृषि समूहकी सुनिता लिम्बु, उप्रती अर्गानिक कृषि समूहकी देवी माया उप्रेती खनाल र मोक्तान बंगुर फार्मकी सञ्चालक प्रमिला तामाङलाई सम्मानसहित पुरस्कृत गरिएको छ । यस्तै, वडा नं. १ कै नमूनाको रुपमा रहेको प्रगति बोयर बाख्रा फार्म सञ्चालक गणेश पराजुलीको आमा रुपादेवी पराजुलीलाई ‘गोल्धाप आमा’ को रुपमा सम्मान गरिएको छ ।

कृषि तथा पशुपालनमा लामो समयदेखी काम गर्दै आएका उनीहरुलाई आगामी दिनमा समेत हौसला प्रदान गर्न घरघर मै पुगेर सम्मान गरिएको हल्दिवारी –१ का कृषि संयोजक मनोज पोखरेलले जानकारी दिए । वडाध्यक्ष सापकोटा, कृषि समितिका संयोजक पोखरेल, महिला विकास समिति संयोजक सरिता न्यौपाने र वडा सचिव छविकला चाम्लिङ राई, वडाका कर्मचारी सहितको टोली घरघर पुगेर महिला किसान र उद्यमी महिलालाई सम्मान गरेका छन् ।

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]