बैशाख १४, २०८१ शुक्रबार

‘गोल्धाप आमा’ सम्मान पराजुलीलाई

झापा । हल्दिवारी गाउँपालिका वडा नं. १ ले ‘गोल्धाप आमा’ सम्मान रुपादेवी पराजुलीलाई प्रदान गरेको छ । पराजुली प्रगति बोयर बाख्रा पालन तथा तालिम केन्द्र प्रालिका सञ्चालक गणेश पराजुलीको आमा हुन् ।

वडा नं. १ को कार्यालयले वडाभित्रका महिला किसान र महिला उद्यमीलाई प्रोत्साहनका लागि शुक्रवार घरघर मै पुगेर सम्मान गरेको छ । सोही क्रममा वडाभित्रबाट व्यवसायमा सफल बनाउन भूमिका निर्वाह गर्ने एक जनालाई ‘गोल्धाप आमा’ सम्मानबाट सम्मानित गरिएको हो ।
झापामा मात्र नभई पूर्व नेपाल मै नमूनाको रुपमा रहेको व्यवसायिक बोयर बाख्रा पालन तथा तालिम केन्द्र प्रालिलाई यहाँसम्म ल्याउन आमा पराजुलीले गरेको योगदानलाई कदर गर्दै वडा कार्यालयले सो सम्मान गरेको हो । श्रीमानको देवसानपछि निम्न वर्गीय परिवार पराजुलीले आफ्ना सन्तानलाई सहि बाटो देखाएकै कारण छोरा गणेशले पशुपालनमा प्रगति हासिल गरेको वडाध्यक्ष त्रिलोचन सापकोटाको भनाई छ ।

दुई वटा बाख्राबाट शुरु गरिएको प्रगति बोयरमा हाल करिव २ सय बोयर बाख्रा छन् । प्रगतिमा १५२ केजीसम्मको बोयर छ । पराजुलीका अनुसार आधुनिक हिसावले खोर निर्माण गरिएको छ । बोयर पालनमा सफल मानिएका पराजुलीले ५ जनालाई रोजगारी समेत दिएका छन् । स्वदेशमै कर्म गरेर आर्थिक उन्नति गर्ने सोच बनाएका पराजुली सफल युवा किसान मानिन्छन् । उनै गणेश पराजुलीलाई साथ, सहयोग गर्ने आमा रुपादेवीलाई ‘गोल्धाप आमा’ सम्मानले सम्मानित गरिएको छ ।

१५२ केजीको बोयर

प्रकाशित मिति : असार ५, २०७८ शनिबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]