बैशाख २८, २०८१ शुक्रबार

१५ जना बन्दकर्ता पक्राउ

सुमन तिमल्सिना

मोरङ । लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेश नम्बर १ बन्दको आह्वान गरी बन्द गराउँदै हिँडेका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राईलगायत १५ जना पक्राउ परेका छन् ।


संघीयता र समानुपातिक समावेशी सिद्धान्तको मर्म्विपरीत लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै त्यसको विरोधमा प्रदेश नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउँदै हिँडेकाहरुलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई, तामाङ घेदुङ संघका चन्द्र तामाङलगायतका आफना नेता कार्यकर्ताहरु पक्राउ परेको भुजेल सेवा समिति इटहरीका अध्यक्ष नेत्रबहादुर भुजेलले जानकारी दिए । इटहरी चोकमा भेला भएर बन्द गराउँदै हिँडेका १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले स्वीकार गरेका छन् ।


लोक सेवाको विज्ञापन गर्दा आरक्षण हटाइएको भन्दै ‘आरक्षण बचाऔंँ’ नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ ले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन समेत गरेका थिए । उज्यालोबाट

प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार  १२ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]