विरिङ् खोलामा पुरुषको शव फेला, पहिचान नखुलेको प्रहरीको भनाई
विर्तामोड । अर्जुनधारा–१ स्थित विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ । साधुटार –होक्से सडकखण्ड अन्तर्गत गपर्ने खोलामा अन्दाजी ४०/४५ वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

ती पुरुष माथिल्लो भागमा नाङ्गो अवस्थामा फेला परेका छन् । पेन्ट मात्र लगाएको अवस्थामा खोलामा भेटिएको प्रहरीको भनाई छ । इप्रका विर्तामोडका डीएसपी सन्तोष आचार्यका अनुसार शवको पहिचान हुन सकेको छैन । साढे ६ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनका अनुसार घटनास्थलमा शनिश्चरे प्रहरीको टोली पुगिसकेको छ भने विर्तामोडको टोली पनि पठाइएको छ ।